गाँउपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लाकाे पत्रकारलाइ धम्की

मिति : २०७५।०३।२४


नेपाल पत्रकार महासंघ ५ नम्बर प्रदेश समिति सदस्य रामबिकास चौधरीलाई समाचारको विषयलाई लिएर रुपन्देहीस्थित सम्मवरीमाई गाँउपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले दुव्र्यवहार गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
असार २२ गते समाचार संकलानार्थ गाँउपालिकाको कार्यालय पुगेका चौधरीलाई अध्यक्ष शुक्लाले सिटिजन्स पोष्ट अनलाइनमा ‘सरकारी सवारी साधनमा निजी नम्बर’ शीर्षकमा प्रकाशित समाचार र लिखित निवेदनमार्फत सूचना मागेको भन्दै दुव्र्यवहार गर्दै हातमा समातेर गाउँपालिकाको कार्यालयबाट बाहिर निकाली गोरखपुर पु¥याइदिने भनेर धम्क्याएको पीडित पत्रकार चौधरीले बताएका छन् ।
प्रकातिशत तथा प्रसारित समाचारको विषयमा चित्त नबुझे त्यसउपर अपनाउनुपर्ने कानुनी उपचारलाई छाडेर सार्वजनिक पदमा बसेका व्यक्तिबाट भएको यस्तो गैरजिम्मेवार कार्य प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हो । महासंघ प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यको कडा भत्र्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

    रमेश विष्ट
    महासचिव
 

 Download