‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ रुपन्देहीमा कार्यरत पत्रकार मल्ललाई

मिति : २०७५।०३।२४

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ रुपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ललाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनौट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले रु. ५१ हजार राशीको यो पुरस्कार बुलबुले टुडे र शिक्षक मासिकमा कार्यरत पत्रकार मल्ललाई प्रदान गर्ने निर्णय गरेको हो । 
यसैगरी बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशलाई प्रदान गरिने रु २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ को पनि निर्णय सार्वजनिक गरेको छ । जसअनुसार प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत पत्रकारहरू नामावाली यसप्रकार रहेको छ–
प्रदेश नम्बर १– निरोज कोइराला(रेडियो नेपाल÷हिमालय टाइम्स–भोजपुर)
प्रदेश नम्बर २ – कृष्ण सिग्देल (राजधानी दैनिक÷अनलाइनखवर– बारा)
प्रदेश नम्बर ३ – चमारसिंह लामा (सामुदायिक सूचना नेटवर्क– काभ्रेपलाञ्चोक)
प्रदेश नम्बर ४ – पवन पौडेल (दमौली एफएम–तनहुँ)
प्रदेश नम्बर ५ – पार्वती पाण्डे (बुद्धदर्पण दैनिक–कपिलवस्तु)
कर्णाली प्रदेश– मेघराज खड्का (कारोबार दैनिक– रुकुम)
प्रदेश नम्बर ७ – गोकर्ण दयाल (गोरखापत्र दैनिक– बैतडी)
उपत्यका प्रदेश– चन्द्र बानियाँ (रेडियो नेपाल– काठमाडौं)
त्यस्तै बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशअन्तर्गत प्रत्येक प्रदेशबाट २ जना पत्रकारलाई प्रदान गरिने रु. १५ हजार राशीको ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ नामावली सार्वजिनक गरेको छ । जसअनुसार ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ प्राप्त गर्ने पत्रकारहरूको नामावली यसप्रकार रहेको छ–

प्रदेश नम्बर १— रमेशचन्द्र अधिकारी (कान्तिपुर दैनिक–धनकुटा) र नारायणभक्त राई (ब्लाष्ट टाइम्स दैनिक –मोरङ)
प्रदेश नम्बर २– नगेन्द्रकुमार कर्ण(गोरखापत्र दैनिक–महोत्तरी) र दीपेन्द्रप्रसाद सिंह(जनकपुर टुडे–धनुषा)
प्रदेश नम्बर ३ – मन्दिरा थापा(नेपाल टेलिभिजन–दोलखा) र मनोज थापा(अर्थ नेपाल डटकम–नुवाकोट)
प्रदेश नम्बर ४– शान्ता कमली(नयाँपत्रिका–लमजुङ) र छविलाल तिवारी(नागरिक दैनिक–पर्वत)
प्रदेश नम्बर ५–केशर रोका(अन्नपूर्ण दैनिक–प्यूठान) र तेजेन्द्र के. सी.    (दैनिकपत्र दैनिक–रुपन्देही)
कर्णाली प्रदेश – नरजन तामाङ    (नयाँपत्रिका–हुम्ला) र गणेश विक(नागरिक दैनिक–रुकुम)
प्रदेश नम्बर ७– गगन अएडी(नयाँपत्रिका दैनिक–बाजुरा) र जगदीश रोकाय(अन्नपूर्ण पोष्ट दैनिक–बझाङ)    
उपत्यका प्रदेश – संयुक्तरूपमा– नीता सापकोटा(नेपाल टेलिभिजन–काठमाडौं), केशव भुल(सीआइएन–काठमाडौं) र रामु सापकोटा(हिमाल बवर पत्रिका–ललिलपुर) 

बैठकले उपत्यकासहित ८ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ प्राप्त गर्ने एफएम रेडियाको नामावली पनि सार्वजनिक गरेको छ । रु. २० हजार राशीको यो पुरस्कार प्राप्त गर्ने एफएम रेडियोको नामावली यसप्रकार रहेको छ–
प्रदेश नम्बर १— सामुदायिक रेडियो सोलु एफएम (सोलुखुम्बु), प्रदेश नम्बर २– रेडियो निजगढ (बारा),
प्रदेश नम्बर ३ – रेडियो तिनलाल (रामेछाप), प्रदेश नम्बर ४– मनासुलु एफएम (गोरखा), 
प्रदेश नम्बर ५– रेडियो क्रिपालु (प्यूठान), कर्णाली प्रदेश– चंखेली एफएम रेडियो (कालिकोटा), 
प्रदेश नम्बर ७–    सेती सामुदायिक एफएम (बझाङ), उपत्यका प्रदेश – रेडियो राजधानी (काठमाडौं)
यसैगरी बैठकले राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु. २५ हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ पत्रपत्रिकातर्फ नागरिक दैनिक (काठमाडौं) लाई प्रदान गरिने भएको छ भने टेलिभिजनतर्फ इमेज टेलिभिजन (काठमाडौं) लाई प्रदान गरिएको छ । साथै, अनलाइनतर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार एजुकेशन ज्यूज नेपाल डटकमलाई प्रदान गरिएको छ ।
महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ । महासंघ पुरस्कृत सबै पत्रकार तथा सञ्चारमाध्यमलाई हार्दिक बधाई ज्ञापन गर्दछ । उक्त पुरस्कारहरू असार २९ गते हुने कार्यक्रममा वितरण गरिने छ ।    


    रमेश विष्ट
    महासचिव
 

 Download