फौजदारी संहिताले प्रेसलाइ प्रभावित नहुने व्यवस्था मिलाउन महासंघकाे सरकारसंग माग

मिति : २०७५/४/१६
 

नेपाल पत्रकार महासंघको उपलब्ध केन्द्रिय कार्यसमितिको बैठक आज मिति २०७५ साउन १६ गते  सञ्चारग्रामस्थित महासंघको केन्द्रिय कार्यालयमा बसेर बैठकबाट निम्नानुसार निर्णय भयो । 
१. महासंघले सरकारलाई मिति २०७४/५/२३ मा सञ्चारमाध्यम र सञ्चारकर्मीका समस्या, समाधान र हकहितलाई लिएर बुझाएको माग पुरा गर्न तत्काल आवश्यक कदम चाल्न आव्हान गर्दछ ।
२. आगामी भदौ १ गतेबाट लागूहुने फौजदारी संहिताको कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र त्यसको विश्वव्यापी मूल्य–मान्यतामाथि आघात पुग्नसक्ने अवस्था देखिएकोले सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि उक्त फौजदारी संहिता प्रभावित नहुने व्यवस्था मिलाउन सरकारसंग महासंघ जोडदार माग गर्दछ । 
३. पछिल्ला दिनमा प्रकाशित प्रशारित समाचारलाई लिएर विद्युतिय कारोबार ऐन अन्तर्गत सञ्चारकर्मी र सञ्चारमाध्यमउपर कानूनी कारबाही बढेकोले त्यस्तो भयको वातावरण सृजना नगर्न महासंघ सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षण गराउदै त्यस्ता काम कारबाही तुरुन्त रोक्न माग गर्दछ । 
४.सरकारी सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई बिनाकारण एकपक्षीय रुपमा निष्काशन गरिएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । साथै, त्यस्ता कार्य तत्काल रोक्न महासंघ सम्बन्धित निकायसंग जोडदार माग गर्दछ ।  
५.महासंघको गण्डकी प्रदेश समितिले चौधरी ग्रुपसंग सहयोग माग गरि दिएको निवेदनमाथि आफुखुसी तोक लगाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने कार्यले महासंघको इज्जतप्रतिष्ठा माथि गम्भीर क्षति पु¥याएकोले आगामी दिनमा त्यस्ता गैरजिम्मेवार कार्य नदोहो¥याउन महासंघ सजग गराउँदछ । 
६. नेपाल पत्रकार महासंघको चौथो पूर्ण बैठक आगामी साउन २३ र २४ गते प्रदेश नं ५ को लुम्बिनीमा गर्ने निर्णय गरिएको छ ।


रमेश विष्ट
महासचिव
 

 Download