पत्रकार देवकोटालाई यातायात व्यवसायी राजु चन्दकाे आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण

२०७५।०७।३०

नेपाल पत्रकार महासंघका सभासद् एवं रेडियो थाहा सञ्चारमा कार्यरत पत्रकार देविराम देवकोटालाई यातायात व्यवसायी राजु चन्दले आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

महासंघ बाँके शाखाका अनुसार कात्तिक २९ गते साँझ परिवारसहित काठमाडौं जान कोहलपुर बसपार्क पुगेका पत्रकार देवकोटालाई बस चढ्ने क्रममा टिकटअनुसार सिट नपाएपछि सिट माग्ने क्रममा सिट छैन मुडमा बसेर जाने भन्दै यातायात व्यवसायी चन्दले एक्कासि आक्रमण गरेका थिए । आक्रमणबाट पत्रकार देवकोटाको टाउको र आँखामा चोट लागेको छ ।

कुनै पनि वहानामा पत्रकारमाथि आक्रमण गरिनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । महासंघ प्रेसविरोधी यस्ता घटनाको कडा भत्र्सना गर्दछ । र, आक्रमणमा संलग्नमाथि कानुनी कारवाही गरी प्रेसलाई स्वतन्त्र र निर्धक्क रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ । 

 

रमेश विष्ट

महासचिव

 Download