नेपाली सेनाले पत्रकारलाइ लछारपछार गरि क्यामेरा तथा मोवाइल नियन्त्रणप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति  :२०७५।०८।१७


समाचार संकलनमा क्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल र सचिव जगदीश खनाललाई नेपाली सेनाहरुले लछारपछार गर्दै उनीहरुको क्यामेरा र मोवाइल नियन्त्रण लिनुका साथै भिजुअल मेटाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ नुवाकोट शाखाका अनुसार मंसिर १३ गते नुवाकोटको वट्टारस्थित नेपाली सेनाको तालिम केन्द्रअगाडि भनेको ठाउँमा मोटर साइकल नरोकेको भन्दै सचिव जगदीश खनाललाई  सेनाले दुव्र्यवहार गर्दै  सडकमा लछारपछार गरेका थिए । सो खवर पाएपछि घटनास्थलमा पुगी सचिवमाथि भएको ज्यादतीको फोटो खिच्ने क्रममा अध्यक्ष कपिलदेव खनाल र उनको क्यामेरा र मोवाइल नियन्त्रणमा लिएका थिए । 

राष्ट्रको सुरक्षाको जिम्मेवारी वहन गर्ने नेपाली सेनाले पत्रकारमाथि गरिएको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । सेनाको यस्ता कार्यले पत्रकारलाई पेशाप्रति हतोत्साहित बनाउने महासंघको ठहर छ । महासंघ यो घटनाको भत्र्सना गर्दछ । र, घटनामा संलग्नमाथि कारबाही गरी पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।


    रमेश विष्ट
    महासचिव

 Download