पोखरामा हुने साधारणसभा तथा विधान अधिवेशन सफल पार्न महासंघको आग्रह

मिति : २०७५।१०।२५

नेपाल पत्रकार महासंघको उपलब्ध केन्द्रीय समितिको बैठक आज महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बस्यो । बैठकका निर्णय जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ । १. आगामी फागुन ९ र १० गते पोखरामा हुन गइरहेको महासंघको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनको तयारीबारे छलफल भयो । साधारणसभामा ‘राष्ट्रिय समृद्धिका लागि सञ्चारः गुणात्मक, व्यावसायिक र सुरक्षित पत्रकार’ मूल नारा तय गरिएको छ । साधारणसभामा महासंघको नीतिगत, संगठनात्मक र आर्थिक प्रतिवेदनका साथै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत सबै तहका नेतृत्व चयन गर्नेगरी विधान संशोधनको प्रस्ताव प्रस्तुत हुने छ । पोखरामा हुने साधारणसभा तथा विधान अधिवेशन सफल पार्न महासंघका सम्पूर्ण केन्द्रीय प्रतिनिधि, पत्रकार साथीहरुलगायत विभिन्न संघ, संस्था र सरोकारवाला निकायहरुमा महासंघ हार्दिक आग्रह गर्दछ ।

२. नेपाल पत्रकार महासंघले न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि विभिन्न सञ्चार प्रतिष्ठानहरुमा ध्यानाकर्षणपत्र प्रस्तुत गर्ने कार्य सम्पन्न गरिसकेको छ । यही माघ २७ गतेदेखि मिडिया हाउसहरुको अनुगमन गर्ने र अनुगमनका क्रममा ऐन कार्यान्वयन नगरेको पाइएमा त्यस्ता सञ्चार प्रतिष्ठानमा आन्दोलन गर्ने गरी कार्यक्रम तय गरिएको छ ।

३. विभिन्न प्रदेश र स्थानीय तहले जारी गरेका आमसञ्चार नीति र संसद्मा प्रस्तुत गरेका ऐनमा प्रेस स्वतन्त्रता संकुचन गर्ने प्रावधानहरु रहेकाले त्यसलाई तत्काल सच्याउन माग गर्दै सात वटै प्रदेशमा माघ २६ गतेदेखि फागुन ५ गतेसम्म प्रेस स्वतन्त्रता मिसन सञ्चालन गर्ने निर्णय गरिएको छ । मिसनका क्रममा सरोकारवाला पक्षबीच व्यापक छलफल तथा अन्तरक्रिया गर्नुका साथै महासंघको आधिकारिक धारणा प्रदेश र स्थानीय सरकारसमक्ष प्रस्तुत गरिने छ । 

रमेश विष्ट

महासचिव

 Download