पत्रकारमाथि भएको धम्कि तथा हातपातको घटनाप्रति महासंघको गम्भिर ध्यानाकर्षण ।

मितिः२०७४/१/१३
प्रेस विज्ञप्ति
लाईट नेपाल अनलाइनका पत्रकार रुपनी जि.एममाथि भएको धम्कि तथा हातपातको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।
नेपाल प्रहरी स्कूल सामाखुसीका छात्र कुन्दन थापाको संकास्पद मृत्युको विषयमा समाचार संकलनका क्रममा पत्रकार जि.एममाथि आज बैशाख १३ गते स्कूल प्रशासन कार्यालय पुग्दा स्कुल प्रशासनको निर्देशनमा हातपात गरिएको पत्रकार जि.एमले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरीले क्यामरा अफ गर्न धम्कि दिनुकासाथै बलपुर्वक रिर्पाेटिङ्ग स्थलबाट केही पर पु¥याईएको थियो ।
पत्रकारमाथि हुने हातपात तथा दुव्र्यवहारले स्वतन्त्र पत्रकारितामाथि नै हस्तक्षेप हुने हँुदा नेपाल पत्रकार महासंघ यस्ता कार्यको निन्दा गर्दै घटनाको छानविन र दोसिमाथि कारबाहि गर्न सरकारसंग माग गर्दछ ।

............
सचिव
ध्रुव लम्साल