समाचार संकलनमा रोक लगाउने काम भइरहेकोमा महासंघको विरोध

मितिः २०७८।०१।२२

कोभिड संक्रमणको दर बढेसँगै राजधानीस्थित अस्पतालमा उपचारका लागि जानेको संख्या बढेको तथा ज्यान गुमाउनेको संख्या पनि बढिरहेको सन्दर्भमा विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितका बारेमा समाचार संकलन गर्न पुगेका र अन्तिम संस्कारको फोटो खिच्नका लागि पशुपति क्षेत्रमा पुगेका पत्रकारलाई पशुपति क्षेत्र विकास कोष, अस्पताल प्रशासन र प्रहरीबाट समाचार संकलनमा रोक लगाउने काम भइरहेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

कोभिड संक्रमणको दर वृद्धि हुँदै गएपछि मुलुकमा यतिखेर निषेधाज्ञा जारी गरिएको छ । यो अवस्थामा कोरोना संक्रमणका बारेमा सन्देशमूलक र सूचनामूलक सामग्री तथा कोरोना संक्रमितका बारेमा यथार्थ समाचार प्रवाह गरेर नागरिकलाई सुसूचित र सचेत गराउने कर्ममा जुट्नु प्रेसको दायित्व हो ।

यही दायित्व निर्वाहका लागि कोरोना संक्रमणको जोखिम मोलेर समाचार संकलन गर्न पुगेका पत्रकारलाई सहजरुपमा काम गर्ने वातावरण बनाउनुको साटो प्रहरी र अस्पताल प्रशासनबाट समाचार संकलनमा रोक लगाइएको यो घटना आपत्तिजन हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ पत्रकारको संविधानप्रदत्त अधिकारमा आघात पुर्यातउने यस्ता हर्कतको कडा शब्दमा भर्त्सना गर्दछ । र, प्रेस स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यस्ता कार्य नदोहोर्याोउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ।

साथै, महासंघ कोरोनासम्बन्धी समाचार सामग्री प्रवाह गर्दा मानवीय संवेदना र पत्रकार आचारसंहितालाई ध्यान दिन तथा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड र उपायहरु अवलम्बन गर्दै सावधानी अपनाएर पेशागत कर्ममा जुट्न पत्रकारहरुमा विशेष अपिल गर्दछ ।

रोसन पुरी

महासचिव

 Download