नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य हिक्मत चौधरीको कोरोना संक्रमणका कारण भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध

मिति ः २०७८।०२।०५

नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य हिक्मत चौधरीको कोरोना संक्रमणका कारण ६० वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि १० दिनदेखि रुपन्देहीको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत चौधरीको स्वास्थ्यमा थप समस्या आएपछि दुईदिनदेखि भेन्टिलेटरमा राखी उपचार भैरहेकोमा आज बिहान उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय चौधरीका श्रीमती, चार छोरी र दुई छोरा छन् ।तिलोत्तमा–५ मणिग्राम निवासी पत्रकार चौधरीले रेडियो लुम्बिनीमा डेढदशक काम गर्नुभएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र अनुभवी पत्रकार गुमाएको छ ।महासंघ स्वर्गीय पत्रकार चौधरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ ।

साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।कोरोनाकै कारण हालसम्म १५ जना पत्रकारको निधन भएको छ भने ८ सयभन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछ ।



रोसन पुरी
महासचिव

 Download