पूर्वकेन्द्रीय सदस्य रोकायालाई पितृशोक

२०७३/१०/२४

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य जयबहादुर रोकायालाई पितृशोक परेको छ । उहाँका पिता सिंहबिर रोकायाको ८८ वर्षको उमेरमा माघ २३ गते राति उपचारका क्रममा काठमाडौंस्थित वीर अस्पातलमा निधन भएको हो । नशासम्बन्धी रोगबाट पीडित रोकायालाई उपचारका लागि केही महिनाअघि वीर अस्पतालमा भर्ना गरिएको थियो । स्वर्गीय रोकायाका तीन छोरा र एक छोरी हुनुहुन्छ ।

 

नेपाल पत्रकार महासंघ स्वर्गीय रोकायाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, दुःखको यस घडीमा पितृशोकमा पर्नुभएका पूर्वकेन्द्रीय सदस्य जयबहादुर रोकायालगायत शोकसन्तप्त परिवाजनमा महासंघ गहिरो समवेदना प्रकट गर्दछ ।

.........................

ध्रुव लम्साल

सचिव