महासंघ रेडियो नेपाल प्रतिष्ठान शाखाका सदस्य कृष्णप्रसाद ओझाको कोरोना संक्रमणका कारण ५४ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी

मिति : २०७८।०२।०८
 

नेपाल पत्रकार महासंघ रेडियो नेपाल प्रतिष्ठान शाखाका सदस्य कृष्णप्रसाद ओझाको कोरोना संक्रमणका कारण ५४ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको कलंकीस्थित नेसनल अस्पतालमा उपचाररत ओझाको जेठ ७ गते शुक्रबार उपचारकै क्रममा निधन भएको हो ।

खोटाङको वडाका दियाले–७ निवासी ओझा २०४९ सालदेखि रेडियो नेपालमा कार्यरत हुनुहुन्थ्यो । उहाँको निधनले महासंघले एक कुशल र जुझारु सदस्य गुमाएको छ ।

महासंघ स्वर्गीय ओझाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

कोरोनाकै कारण हालसम्म १६ जना पत्रकारको निधन भएको छ भने ८ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछ ।



रोसन पुरी
महासचिव

 Download