समाचारको विषयलाई लिएर सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै पत्रकारलाई बोलाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

 

मितिः २०७८।०२।११

समाचारको विषयलाई लिएर ‘इमेज खबर डटकम’ का सम्पादक राजन कुइँकेल र ‘नेपाल समय डटकम’ का प्रधान सम्पादक नारायण अमृतलाई सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै बोलाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रकाशित/प्रसारित समाचारको विषयमा चित्त नबुझेया गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ । त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो । महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग आग्रह गर्दछ ।

रोसन पुरी

महासचिव

 Download