महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार डा. महेन्द्र विष्टलाई मातृशोक परेको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी

मिति : २०७८।०५।०२

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार डा. महेन्द्र विष्टलाई मातृशोक परेको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । उहाँकी ८३ वर्षीया ममतामयी माता पूर्णमाया विष्टको भाद्र १ गते मंगलबार साँझ काठमाडौंस्थित मेडिकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । दम रोगबाट पीडित उहाँको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि उक्त अस्पताल पु¥याइएकोे थियो । स्वर्गीय विष्टका श्रीमान, ५ छोरा र १ छोरी हुनुहुन्छ । पूर्वअध्यक्ष एवं सल्लाकार विष्ट स्वर्गीय विष्टका माइला छोरा हुनुहुन्छ ।

स्वर्गीय माताको आज उदयपुरको बेल्का नगरपालिका आम्बासीमा अन्तिम संस्कार सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय माताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, दुःखको यस घडीमा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार डा. महेन्द्र विष्टसहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।

 

रोसन पुरी

महासचिव

 Download