कोरोना संक्रमणका कारण पत्रकार उद्दिनको निधन

 

मिति : २०७८।०५।०४

नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चका सदस्य नाजिर उद्दिनको कोरोना संक्रमणका कारण ५३ वर्षकोे उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंस्थित मनमोहन कार्डियोलोजी अस्पतालमा उपचाररत पत्रकार उद्दिनको उपचारकै क्रममा भाद्र ३ गते बिहीबार निधन भएको हो । महासंघ स्वर्गीय उद्दिनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

कोरोनाकै कारण हालसम्म २४ जना पत्रकार तथा सञ्चारकर्मीको निधन भएको छ भने १ हजारभन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछ ।

रोसन पुरी

महासचिव