समाचार संकलनका क्रममा नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्यद्वय रञ्जन अधिकारीमाथि भएको हातपात र प्रल्हादचन्द्र घिमिरेमाथि भएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मितिः २०७८।०५।२९

समाचार संकलनका क्रममा नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्यद्वय रञ्जन अधिकारीमाथि भएको हातपात र प्रल्हादचन्द्र घिमिरेमाथि भएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । भाद्र २७ गते आइतबार ठगी आरोपमा पक्राउ परेका व्यक्तिको विषयमा समाचार संकलनका लागि जिल्ला प्रहरी कार्यालय कास्की पुगेका पत्रकारले फोटो खिचेको निहुँमा ठगी काण्डका पीडित युवराज लामा र नवराज शर्मालगायतले आक्रोस पोख्दै पत्रकारमाथि हातपात र दुर्व्यवहार गरेका थिए । नागरिकलाई सुसूचित गराउने धर्म निर्वाह गरिरहेका पत्रकारमाथि हातपात र दुर्व्यवहार हुनु प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ यो घटनाको कडा शब्दमा भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षित रूपमा पत्रकारिता गर्ने वातावरण बनाउन स्थानीय प्रशासनसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव

 Download