२०७४÷३÷१९ 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एसियन प्रिमियर लीगको समाचार संकलनमा आज असार १९ गते पुगेका जनता टिभीका पत्रकार मदन ढुंगाना र सुमन चापागाईलाई आयोजक एसियन क्रिकेट फेडरेसनले समाचार संकलनमा रोक लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

जनता टिभीका महाप्रबन्धक लक्ष्मण हुमागाइका अनुसार हिजो प्रसारण भएको समाचारको विषयलाई लिएर आयोजक एसियन क्रिकेट फेडरेसनले नियोजित रुपमै जनता टिभीलाई समाचार संकलनमा रोक लगाएको जानकारी दिनुभयो ।

जनताको सुसूचित हुने अधिकारका लागि खटिएका पत्रकारमाथि समाचार संकलनमा बन्देज गरिनु आफैमा खेदजनक छ । महासंघ जनताको सुसूचित हुने अधिकारको सम्मान गर्न र बिना अवरोध समाचार संकलनको वातावरण निर्माण गर्न सम्बन्धित पक्षसंग माग गर्दछ ।

संगीता खड्का
सचिव

Khagendraप्रेस बिज्ञप्ति
२०७४÷३÷१९  कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एसियन प्रिमियर लीगको समाचार संकलनमा आज असार १९ गते पुगेका जनता टिभीका पत्रकार मदन ढुंगाना र सुमन चापागाईलाई आयोजक एसियन क्रिकेट फेडरेसनले समाचार संकलनमा रोक लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । जनता टिभीका महाप्रबन्धक लक्ष्मण हुमागाइका अनुसार हिजो प्रसारण भएको समाचारको...