पत्रकार लेखनवृत्तिका लागि सहमति

पत्रकार लेखनवृत्तिका लागि सहमति



Jan 1, 2020


पुस १६, काठमान्डौ । गैर आवासीय नेपाली संघ, अस्ट्रेलियाको तर्फबाट भिजिट नेपाल २०२० मा सहभागी हुन काठमाडौं आइपुगेको टोलीले नेपालको पर्यटन प्रबर्दनमा क्रियाशील सात जना पत्रकारलाई लेखनवृत्ति प्रदान गर्ने भएको छ ।
लेखनवृत्ति प्रदान सम्बन्धी सहमतिमा बुधबार नेपाल पत्रकार महासंघ र गैर आवासीय नेपाली संघ अस्ट्रेलियाबीच हस्ताक्षर  भएको छ । कार्यक्रलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगरले लेखनवृत्तिका लागि गैर आवासीय नेपाली संघ अस्ट्रेलियालाई धन्यबाद दिनुभयो । उहाँले पत्रकारलाई लेखनवृत्ति छनौट समितिले सिफारिस गरेको योग्य पत्रकारलाई प्रदान गरिने बताउनुभयो । 
‘अस्ट्रेलिया नेपाल गौरवमय यात्रा २०२०’ का संयोजक खेम शर्माले नेपाल सरकारले पर्यटन वर्ष मनाइरदा सरकारको उक्त अभियानलाई सफल पार्न पत्रकारका लागि लेखनवृत्तिको सहमति गरिएको बताउनुभयो । 
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले लेखनवृत्तिका लागि सहमति गर्ने संस्थालाई धन्याबाद व्यक्त गर्दै सबै पत्रकारले पत्रकार आचारसंहिता पूर्ण पालना गरेको खण्डमा पत्रकारमाथि हुने हिंसामा धेरै कमि आउने बताउनुभयो । 
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न कलम चलाउने पत्रकारलाई लेखनवृत्ति प्रदान गरिने बताउनु भयो ।  
गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले गैर आवासीय नेपाली संघले देश निमार्णमा विगत देखिनै योगदान गर्दै आएका भन्दै पत्रकारिता क्षेत्रमा पनि  सहयोग गरेको बताउनुभयो । 
उक्त सहमति अनुसार नेपालको पर्यटन सम्बन्धी उत्कृष्ट सामग्री तयार गर्ने सातै प्रदेशका सात जना पत्रकारलाइ जनही ५० हजारका दरले लेखनवृत्ति प्रदान गरिने छ ।
अंग्रेजी नया वर्षको दिन भएको उक्त सहमति अनुशार नेपाली नया वर्ष आगामी बैशाख १ गते सातै प्रदेशमा कार्यक्रम आयोजना गरी उक्त रकम पुरस्कृत पत्रकार लाइ हस्तान्तरण गरिने छ ।
सहमति अनुसार नेपाल पत्रकार महासंघका अध्यक्ष संयोजक रहेको छनौट समितिमा अस्ट्रेलिया नेपाल गौरबमय यात्रा टिमका संयोजक, प्रेस काउन्सिल नेपालका सदस्य, अस्ट्रेलियन नेपलिज जर्नालिस्ट एसोसियसनका प्रतिनिधि र नेपाल पत्रकार महासंघका महासचिब  रहनुहुनेछ ।