महासंघद्वारा पत्रकार हुमागाँईलाई बीमा रकम उपलब्ध 

महासंघद्वारा पत्रकार हुमागाँईलाई बीमा रकम उपलब्ध 



Jan 9, 2020

 

पुस २४, काठमाडौं । सवारी दुर्घटनामा परेका नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सभासद् एवम् प्रभातफेरी साप्ताहिकका प्रधान सम्पादक प्रह्लाद शर्मा हुमागाँईलाई पत्रकार दुर्घटना बीमा रुकम उपलब्ध गराइएको छ ।
महासंघमा आज भएको एक अनौपचारीक कार्यक्रममा महासंघका उपाध्यक्ष विपुल पोख्रेलले हुमागाँईकी श्रीमती तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखा उपाध्यक्ष राज्यलक्ष्मी श्रेष्ठलाई ७५,३३३/- (पचहत्तर हजार तीनसय तेतिस रूपैयाँको) चेक हस्तान्तरण गर्नुभयो । 
पत्रकार हुमागाँई मंसिर ९ गते पनौती ४ बाट बनेपातर्फ आउदै गर्दा सवारी दुर्घटनामा परी टाउको गम्भीर चोट लागि सिर मेमोरियल काभ्रे र नर्भिक अस्पतालमा १४ दिन उपचार पश्चात हाल काभ्रेस्थित घरमा स्वास्थ्य लाभ गरिरहनु भएको छ ।