जबरजस्ती बिदामा राखेको र वेतलबी बिदामा पठाएको नागरिक दैनिक र एपीवान टेलिभिजनको कार्यालयमा विरोध स्वरुप कालो व्यानर

 जबरजस्ती बिदामा राखेको र वेतलबी बिदामा पठाएको नागरिक दैनिक र एपीवान टेलिभिजनको कार्यालयमा विरोध स्वरुप कालो व्यानर



Jul 7, 2020

असार २३, काठमाडाैं । नेपाल पत्रकार महासंघले श्रमजीवि पत्रकारको पेशागत अधिकार रक्षाको लागी संचालन गरेको आन्दोलन अन्तर्गत असार २३ गते मंगलबार लामो समयदेखी श्रमजीवि पत्रकारहरुलाई पारिश्रमिक लगायत सेवा सुविधा उपलब्ध नगराएको, जबरजस्ती बिदामा राखेको र वेतलबी बिदामा पठाएको नागरिक दैनिक र एपीवान टेलिभिजनको कार्यालयमा विरोध स्वरुप कालो व्यानर राख्ने कार्यक्रम सम्पन्न भएको छ । महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, उपत्यका प्रदेश समितिका कोषाध्यक्ष टेनिस रोका र काठमाडौं शाखाका अध्यक्ष शान्ताराम विडारी सहितको टोलिले संचार प्रतिष्ठानमा कालो व्यानर राखेको हो । महासंघको आन्दोलनको कार्यक्रम जारी छ ।