पत्रकार कृष्णसेन इच्छुकको १९औं स्मृति दिवसका अवसरमा कोणसभा

 पत्रकार कृष्णसेन इच्छुकको १९औं स्मृति दिवसका अवसरमा कोणसभा



May 27, 2021

जेठ १३, काठमाडौं । नेपाल पत्रकार महासंघले दिवंगत पत्रकार कृष्णसेन इच्छुकको १९औं स्मृति दिवसका अवसरमा महासंघ परिसरमा रहेको पत्रकार शहिद स्तम्भमा कोणसभा गरी सम्पन्न गरेको छ ।  
कार्यक्रममा पत्रकार सेनको तस्विरमा पुष्पगुच्छा अर्पण गर्दै सम्पूर्ण दिवंगत पत्रकारको चिर शान्तिका लागि एक मिनेट मौनधारण  गरिएको थियो । 
कोणसभालाई सम्बोधन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले नेपालमा द्वन्द्वकाल देखि हालसम्म राज्यपक्ष र गैरराज्य पक्षबाट तीनदर्जन भन्दा धेरै पत्रकारहरु मारिएको भन्दै उक्त घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकासंग माग गर्नुभयो । उहाँले मारिएका पत्रकारका परिवारको उचित व्यवस्थापन गर्न समेत आग्रह गर्नुभयो । 
महासंघका महासचिव रोसन पुरीले कृष्णसेन इच्छुकको स्मृति दिवसका अवसरमा गरिएको यस कार्यक्रमले नेपालमा मारिएका सम्पूर्ण पत्रकारको परिवारको न्यायका लागि राज्यलाई दवाव सृजना गरीएको बताउनुभयो । 
नेपाल पत्रकार महासंघमा रहेको अभिलेख अनुसार नेपालमा द्वन्द्वकाल देखि हालसम्म ३८ जना पत्रकारको हत्या गरिएको छ  भने ४ जना पत्रकारको अवस्था हालसम्म बेपत्ता छ ।