पत्रकारका लागि निःशुल्क अनलाइन स्वास्थ्य सेवा 

 पत्रकारका लागि निःशुल्क अनलाइन स्वास्थ्य सेवा 



Jun 1, 2021

पत्रकार र उनका परिवार कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भइ धेरै बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसक्दा समयमै उपचार वा परामर्शबाट बन्चित हुनुपर्दा बिरामीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न मिदास टेक्नोलोजिज प्रा.लि.को सहकार्यमा घरमा नै बसेर Mero Doctor - Online Video consultation Service मार्फत कुनैपनि स्वास्थ्य परामर्श सेवा लिन सक्ने ब्यवस्था मिलाइएको छ। यो सेवा विरामीहरुले मोबाइल अथवा ल्याप–टप मार्फत् कुनै पनि समय र स्थानबाट लिन सक्नेछन्। Mero Doctor मा २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरु नियमित रुपमा भिडियो परामर्श दिन उप्लब्ध हुनुहुन्छ। पत्रकार र उनका परिवार को लागि यो सेव एक महिना निसुल्क उप्लब्ध हुनेछ।
कोभिड–१९ महामारीका बेला पत्रकारहरुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नका लागि महासंघले मिदाससँग यो सम्झौत गरेको हो ।

 

Telemedicine  सेवा लिने तरिका 

  •    विरामीहरुले मोबाइल अथवा ल्याप–टप मार्फत् कुनै पनि समय र स्थानबाट यो Telemedicine सेवा लिन सक्नेछन् ।  
  •    यदि एन्ड्रोइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट Mero Doctor ’ एप डाउनलोड गर्न सकिन्छ । आइओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर  Mero Doctor एप डाउनलोड गर्न सक्नेछन्। 
  •    ल्याप–टप वा डेस्क–टपबाट यो सेवा लिन चाहेमा ‘www.merodoctor.com टाइप गरेर यो सेवा लिन सकिनेछ । 
  • मेरो डाक्टर एप कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा www.merodoctor.com/help ले तपाइँलाई थप मद्दत गर्नेछ । तपाइँहरूको सजिलोका लागि यो लिंकमा भिडियो म्यानुअल राखिएको छ ।
  • वा निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुन्छ । 9847691129, 9823012581, 9847393153, 9847396536, 9851128470