श्रमजीवी पत्रकारको समस्या हल नभएसम्म विरोधका कार्यक्रम जारी

श्रमजीवी पत्रकारको समस्या हल नभएसम्म विरोधका कार्यक्रम जारी



Sep 28, 2022

असाेज १२, काठमाडौं । नेपाल पत्रकार महासंघ इमेज प्रतिष्ठान शाखाको अगुवाईमा इमेज टेलिभिजनमा बुधबार धर्ना दिइएको छ । महासंघ प्रतिष्ठान शाखा र केन्द्रीय समितिले उठाउदैं आएको माग सम्बोधन गर्ने सवालमा इमेज व्यवस्थापन पक्षले उदासिनता देखाएपछि फेरि दोहो¥याएर आज महासंघले इमेजको कार्यालय लाजिम्पाटमा एकघण्टा धर्ना दिएको हो ।
महासंघ केन्द्रको अगुवाईमा यसअगाडी पनि इमेज प्रतिष्ठान शाखामा धर्ना दिइएको थियो । दुवै पक्षले वार्ता टोली बनाएर वार्ता गर्दा पनि महासंघले उठाएको माग सम्बोधन गर्नुको साटो व्यवस्थापन पक्षले टादैं जाने र वार्ता समेत धकेल्दै जान थालेपछि महासंघले अब वार्ता र संर्घषका कार्यक्रम सँगसागै लाने गरी इमेज प्रतिष्ठान शाखामा आज एक घण्टा धर्ना दिएको हो ।

माग सम्बोधन नभए भोलि पून विहान साढे ११ वजे धना दिने इमजे प्रतिष्ठान शाखाका अध्यक्ष शंकर खनालले जानकारी दिनुभयो । बुधबारको धर्ना कार्यक्रमलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारी, विकास कार्की, एसोसिएट प्रदेश कमिटिका अध्यक्ष बैकुन्ठ पराजुली, इमजेज प्रतिष्ठान शाखाका अध्धयक्ष शंकर खनाल लगायतले सम्बोधन गर्नुभएको थियो ।

दशैको मुखमा पनि नियमित पारिश्रमिक नदिने, दशैं पेश्की नदिने, २८ महिनायताको नागरिक लगानी कोषमा पत्रकारहरुको पारिश्रमिकबाट कतौटी गर्ने तर व्यवस्थापनले त्यसमा पैसा जम्मा नगरिदिने लगायतका श्रम समस्या देखिएपछि महासंघ आन्दोलनमा उत्रेको हो ।
भोलि बिहानसम्म बाँकी तलव लगायत अन्य सेवा सुविधा बारे सम्वोधन गर्न व्यवस्थापन तयार नभए संघर्षका कार्यक्रमलाई थप चर्काएर लैजाने इमजे प्रतिष्ठान शाखाका अध्यक्ष शंकर खनालले बताउनु भयो ।