नेपाल पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण

नेपाल पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण



Dec 24, 2024

पुस ९, काठमाडौं । नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन अन्तरगत २०८१ मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण सम्पन्न भएको छ । 

निर्वाचनबाट नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्माला शर्मा निर्वाचित हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा दिपक आचार्य निर्वाचित हुनुभएको छ भने नितु पण्डित महिला उपाध्यक्ष र उमिद प्रसाद बागचन्द समावेशी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । महासंघको महासचिवमा रामप्रसाद दाहाल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, खुल्ला सचिवमा रमेश खतिवडा निर्वाचित हुनुभएको छ भने महिला सचिवमा सोनी शर्मा निर्वाचित हुनुभएको छ । आदिवासी जनजाति सचिवमा सबिन प्रियासन निर्वाचित हुनुभएको छ भने मधेशी सचिवमा अशोक कुमार तिवारी निर्वाचित हुनुभएको छ । 

दलित सचिवमा प्रकाश धौलाकोटी निर्वाचित हुनुभएको छ भने बैकुण्ठ पराजुली एसोसिएट सचिवमा निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित हुनुभएको छ । 
प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका पूर्वअध्यक्ष सहित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित कार्यसमितिको नामावली यसप्रकार रहेको छ ।  

क्र.सं नाम पद
१. निर्मला शर्मा अध्यक्ष
 
२. दीपक आचार्य वरिष्ठ उपाध्यक्ष
३. नितु पण्डित  महिला उपाध्यक्ष
४. उमिद प्रसाद बागचन्द  समावेशी उपाध्यक्ष 
५. राम प्रसाद दाहाल महासचिव
६. रमेश खतिवडा (खुल्ला) सचिव 
७. सोनी शर्मा (महिला) सचिव 
८. सबिन प्रियासन (आदिवासी जनजाति ) सचिव 
९. अशोक कुमार तिवारी (मधेशी) सचिव 
१०. प्रकाश धौलाकोटी  (दलित) सचिव 
११. बैकुण्ठराज पराजुली (एसाेसिएट) सचिव 
१२. रामकृष्ण अधिकारी  कोषाध्यक्ष
१३. के.सी. लामिछाने लेखासमिति संयोजक
१४. लवदेव ढुंगाना (खुल्ला) सदस्य
१५. मुकुन्द प्रसाद भण्डारी (खुल्ला) सदस्य
१६. रामेश्वर कार्की (खुल्ला) सदस्य
१७. भुपेन्द्र आचार्य (खुल्ला) सदस्य
१८. छविलाल तिवारी (खुल्ला) सदस्य
१९. कमल रिमाल (काशी प्रदेश) सदस्य
२०. शंकर खरेल (काशी प्रदेश) सदस्य
२१. राजेशकुमार कर्ण (मधेश प्रदेश) सदस्य
२२. राजु विश्वकर्मा (मधेश प्रदेश) सदस्य
२३. नारायण प्रसाद अधिकारी ( बागमती प्रदेश ) सदस्य
२४. नवराज पथिक (बागमती प्रदेश ) सदस्य
२५. केबि राना (गणडकी प्रदेश) सदस्य
२६ कृष्ण केसी (गणडकी प्रदेश) सदस्य
२७. रामराज पोख्रेल (लुम्बिननी प्रदेश ) सदस्य
२८. विकास बन्जाडे  (लुम्बिननी प्रदेश ) सदस्य
२९. नगेन्द्रप्रसाद उपाध्याय ( कर्णाली प्रदेश ) सदस्य
३०. तुलाराम पाण्डे (कर्णाली प्रदेश ) सदस्य
३१. योगेन्द्रबहादुर बलायर (सुदुरपश्चिम प्रदेश) सदस्य
३२. सुरेश पन्त (सुदुरपश्चिम प्रदेश) सदस्य
३३. सूर्य सुवेदी (उपत्यका प्रदेश ) सदस्य
३४. अर्जुन पन्त (उपत्यका प्रदेश ) सदस्य
३५. सविता शर्मा (प्रतिष्ठान प्रदेश) सदस्य
३६. वीरेन्द्र ओली (प्रतिष्ठान प्रदेश) सदस्य
३७. मनुका कुँवर (एशाेसियट प्रदेश ) सदस्य
३८. पवित्रा मुडभरी (एशाेसियट प्रदेश ) सदस्य
३९. रुबी कुमारी रौनियार (मधेशी महिला ) सदस्य
४०. माला पालुङ्वा (आदिवासी जनजाति, महिला) सदस्य
४१. लिला शाह योगी (खस आर्य महिला ) सदस्य
४२ रीता वुढाथोकी (दलित महिला) सदस्य
४३. सिकेन्द्र पासवान (दलित सदस्य ) सदस्य
४४. साबित्री रसाईली (दलित सदस्य ) सदस्य
४५. भरत जर्घा मगर (आदिवासी जनजाति ) सदस्य
४६. देविका घर्ती मगर (आदिवासी जनजाति, महिला ) सदस्य
४७. राज करण महतो  (मधेशी) सदस्य
४८. ललिता कुमारी साह (मधेशी महिला ) सदस्य
४९. भुपराज बस्याल  (अपाङ्गता ) सदस्य
५०. लक्ष्मण थामी  (अल्पसंख्यक) सदस्य
५१. केशव प्रसाद बोहरा (खुल्ला) लेखा समिति सदस्य 
५२. रुक्मिणी पोखरेल  (खुल्ला) महिला  लेखा समिति सदस्य