अन्तर्राष्ट्रिय मिडिया सम्मेलन सम्पन्न

अन्तर्राष्ट्रिय मिडिया सम्मेलन सम्पन्न



Oct 10, 2017

 

काठमाडौंमा अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन र मिडियामा सीमान्तकृत समुदायको आवाज विषयक अन्तर्राष्ट्रिय मिडिया सम्मेलन सम्पन्न भएकाे छ । नेपाल पत्रकार महासंघ र इन्टरनेशनल अलर्टले असोज २३ र २४ गते आयोजना गरेको सम्मेलनमा पत्रकार, प्राज्ञिक क्षेत्र, नीति निर्माताले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका विविध पक्षबारे छलफल गरे । सम्मेलनले कठीन अवस्थामा रिपोर्टिङ, पत्रकारको सुरक्षा, सेल्फसेन्सरसीप, अल्टरनेटिभ मिडियामा विभिन्न समुदायको आवाज, मिडियामा महिला, सम्पादकीय स्वतन्त्रता, समावेशी मिडिया, मिडिया र प्राकृतिक विपद् लगायतका विषयका विविध आयामबारे छलफल भयो । सम्मेलनले घोषणापत्र जारी गरेको छ । व्यवस्थापिका संसद्का सम्माननीय सभामुख ओनसरी घर्तिमगरले उद्घाटन गर्नु हुने सम्मेलनमा पत्रकार, नीति निर्माता, प्राज्ञिक क्षेत्र, सरकारी अधिकारी, विकास साझेदार, नागिरक समुदाय लगायतको सहभागिता थियो । कार्यक्रममा भारत, ब‌ंगलादेश, पाकिस्ता, बेलायत लगायतका देशका पत्रकार तथा विज्ञ सहभागी थिए ।