अन्तक्र्रिया कार्यक्रम सम्पन्न

अन्तक्र्रिया कार्यक्रम सम्पन्न



Dec 3, 2017

मिति २०७४/८/१७

नेपाल पत्रकार महासंघले निर्वाचन र पत्रकार सुरक्षा विषयमा अन्तक्र्रिया कार्यक्रम आयोजना गर्याे । 
सञ्चारग्रामस्थित महासंघको सभाकक्षमा भएको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष शिव गाँउलेले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार संविधानले दिएको भन्दै विचार राखेको आधारमा राज्यले पत्रकारलाई पक्राउ गर्न र थुन्न नमिल्ने बताउनुभयो । उहाँले शंकाको भरमा सरकारले आठ जना पत्रकारलाई पक्राउ गरि हिरासतमा राखेको भन्दै त्यस विरुद्ध अदालतमा जान महासंघको नेतृत्वलाई सुझाव दिनुभयो । पत्रकारले पत्रकार आचारसंहिता पालना गरेको खण्डमा पत्रकारमाथिका असुरक्षामा कमी हुने उहाँको भनाइ छ ।  
नेपाल पत्रकार महासंघका सचिव रेम विश्वकर्माले राज्यका तर्फबाट पत्रकारलाई गिरफ्तार गर्ने काम भइरहेको भन्दै त्यसका विरुद्ध सबै एक भएर अघि बढ्ने बताउनुभयो ।  
क्रान्तिकारी पत्रकार संगठन, नेपाल का अध्यक्ष प्रभात चलाउनेले पत्रकारलाई पक्राउ गरेर संविधानले  दिएको  अधिकारलाई सरकारले उल्लङ्न गरेको आरोप लगाउनुभयो । उहाँले पक्राउ गरेका पत्रकारलाई तत्काल  रिहा गर्न सरकारलाई आग्रह गर्नुभयो । 
प्रेस काउन्सिल नेपालका सूचना अधिकारी दिपक खनालले पत्रकारले पत्रकार आचारसंहिता पालना गरेमा  पत्रकारमाथिको असुरक्षा घटदै जाने बताउनु भयो । 
नेपाल टेलिभिजनका पत्रकार मनोहरी थापाले राजनीतिक दल विशेषको पक्षमा पनि पत्रकार लागेकाले पत्रकार असुरक्षा बढेको बताउनुभयो । उहाँले पत्रकार सुरक्षामा थप चासो दिन महासंघलाई आग्रह गर्नु भयो । 
कार्यक्रममा पत्रकारहरुले पक्राउ परेका पत्रकारलाई सरकारले तत्काल रिहा गर्नुपर्नेमा जोड दिएका थिए ।