तीन जना महिला पत्रकारलाई पुस्कार प्रदान

तीन जना महिला पत्रकारलाई पुस्कार प्रदान



Mar 3, 2018

नेपाल पत्रकार महासंघले लैङ्गिक समानता र अवसर विषय अन्तक्र्रिया गर्नुका साथै तीन जना महिला पत्रकारलाई पुस्कार प्रदान गरेको छ । कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सञ्चार क्षेत्रमा महिला पत्रकारको सहभागिता बराबरी हुनुपर्नेमा सरकारको जोड रहेको भन्दै सञ्चार प्रतिष्ठानको स्थापना गरि दक्ष पत्रकारको उत्पादन गर्नेे लक्ष्य रहेको बताउनु भयो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले लैङ्गिक समानाताको विषय महिला र पुरुषबीच रहेका विभेद हटाउनका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै त्यस क्षेत्रमा थप बहस चलाउन आग्रह गर्नुभयो । उहाँले न्यूनतम पारिश्रमिक तथा नियुक्तिपत्र विना काममा लगाउने सञ्चार गृह विरुद्ध आन्दोलन गर्ने बताउनुभयो । महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यले पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकारहरुको आवश्यकता रहेको भन्दै महासंघले सक्षम दक्ष पत्रकार उत्पादन गर्ने विषयमा बहस तथा तालिम चलाउनु पर्नेमा जोड दिनुभयो । महासंघका उपाध्यक्ष विपुल पोखरेलले नेपालको पत्रकारिता क्षेत्रमा विगतको तुलनामा महिला पत्रकारको संख्या बढेको बताउदै समाजमा रहेका समस्यालाई सञ्चार माध्यमबाट उजागर गरि समाजिकीकरण गर्न पत्रकारलाई आग्रह गर्नु भयो न्यूनतम पारिश्रामिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले पत्रकारको न्यूनतम पारिश्रामिक समयानुकुल बनाउनका लागि समिति सक्रिय रहेको बताउनुभयो । सञ्चारीका समूहका अध्यक्ष निर्मला शर्माले व्यवसायिक पत्रकारिताले मात्रै सञ्चार क्षेत्रमा महिला पत्रकारको संख्या बढ्ने धारणा व्यक्त गर्नुभयो । महासंघको महिला समितिद्वारा आयोजित कार्यक्रममा नानिमैया विष्ट (प्रयास साप्ताहिक मकवानपुर), गगनशिला खड्का (नारी खबर डटकम) र मन गहिरे जनचेता साप्ताहिक (पाल्पा)पुरस्कार प्रदान गरियो । सञ्चारमा लैङ्गिक समानता र अवसर सम्बन्धी १७ वटा लेख रचना प्राप्त भएकोमा उत्कृष्ट तीनवटालाई पुस्कृत गरिएको हो ।