पत्रकार महासंघको प्रदेश समिति निर्वाचनका लागि कार्यालय स्थापना

 पत्रकार महासंघको प्रदेश समिति निर्वाचनका लागि कार्यालय स्थापना



Apr 2, 2018


मितिः२०७४÷१२÷१९

नेपाल पत्रकार महासंघ प्रदेश समिति निर्वाचनका लागि गठित केन्द्रीय निर्वाचन समितिको कार्यालय स्थापना गरिएको छ । केन्द्रीय निर्वाचन समितिको संयोजक वविता बस्नेतको अध्यक्षतामा आज बसेको बैठकले काठमाडौंको सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा निर्वाचन समितिको कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश समितिको निर्वाचनका लागि मतदाता नामावली यथाशिघ्र उपलब्ध गराइदिन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ । 

अर्काे बैठक आगामी बुधबार बस्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

पत्रकार महासंघको प्रदेश समितिको निर्वाचन आगामी वैशाख २२ गते हुँदैछ ।