नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षको भेलाद्वारा रारा घोषणापत्र जारी

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षको भेलाद्वारा रारा घोषणापत्र जारी



Apr 16, 2018

नेपाल पत्रकार महासंंघ, कर्णाली प्रदेशका शाखा अध्यक्षहरूको भेला २०७५ वैशाख १ गते नेपालको प्रमुख पर्यटकीयस्थल मुगुको रारामा सम्पन्न भयो । केन्द्रीय सदस्य कलेन्द्र सेजुवालको सभापतित्वमा भएको भेलामा प्रमुख अतिथि महासंघका महासचिव रमेश विष्ट हुनुहुन्थ्यो । भेलामा केन्द्रीय सदस्यद्धय पूर्णप्रसाद चौलागाईँ र गोविन्द चौलागाईँका साथै प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझा, मुख्य अधिकृत झबिन्द्र भुसाल, कर्णाली प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव बुढाथोकी र प्रदेश अन्तर्गत जिल्लाका अध्यक्षको सहभागिता रहेको थियो ।
भेलाद्धारा निम्न घोषणापत्र जारी भएको छ ।
१) देश संघीयतामा गइसकेको अवस्थामा अब बन्ने सरकारी सञ्चार नीति पत्रकार तथा मिडियामैत्री बनाउन यो भेला माग गर्दछ ।
२) श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा यो भेला विशेष जोड दिन्छ । साथै कर्णालीका साथै साना लगानीका मिडियाको प्रवद्र्धनको लागि समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न माग गर्दछ ।
३) कर्णाली प्रदेशका पत्रकार र मिडियाको लागि सरकारले दिने उपकरण अनुदान बढाउन र कर छुट गर्न माग गर्दछ । यसका साथै कर्णालीका पत्रकार महासंघका भवन निर्माणमा आर्थिक सहयोग गर्न केन्द्र र प्रदेश सरकारसँग माग गर्दछ ।
४) यो भेला पत्रकार आचारसंहिता कार्यान्वयनका साथै पत्रकार महासंघका सदस्यता शुद्धिकरणलाई प्रभावकारी रुपमा लग्ने प्रण गर्दछ ।
५) प्रदेश स्तरमा सञ्चार सम्वद्ध निकाय स्थापना गर्न यो भेला प्रदेश सरकारसँग माग गर्दछ ।
६) कर्णाली प्रदेश सरकारले घोषणा गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष अभियान’लाई सफल बनाउन पत्रकार महासंघको तर्पmबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
७) रारालगायत कर्णाली प्रदेशका प्रमुख पर्यटकीय स्थलको विकासको लागि ठोस योजना बनाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।
 

 Download