शिक्षा पत्रकारिता पुरस्कार -२०७४ वितरण

शिक्षा पत्रकारिता पुरस्कार -२०७४ वितरण



Jul 13, 2018

नेपाल पत्रकार महासंघले आज शिक्षा पत्रकारिता पुरस्कार–२०७४ बाट पुरस्कृत पत्रकारहरुलाई पुरस्कार तथा सम्मान गरेको छ । 
शिक्षा विभागसंगको सहकार्यमा भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पुरस्कृत पत्रकारहरुलाई बधाईदिदै हाम्रो शिक्षा जिवन उपयोगी हुनुपर्ने धारणा राख्नु भयो । उहाँले व्यावसायिक शिक्षा आजको आवश्यकता रहेको भन्दै त्यसमा पत्रकारहरुले उचित भूमिका खेल्नुपर्ने बताउनुभयो ।  
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले शिक्षा विटमा क्रियाशील पत्रकारहरुलाई हौसला प्रदानगर्न शिक्षा पत्रकारिता पुरस्कारको स्थापना गरिएको बताउनु भयो । उहाँले पत्रकारहरुलाई समाजमा सकारात्मक सन्देशदिने समाचार संप्रेशणगर्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारहरुले पारिश्रामीक सहितको सुविधा नपाउँदा पनि पत्रकारिता जारी राखेर समाजसेवा गरिरहेको बताउनुभयो ।  
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारहरुलाई सिंहदरबार लगायतका स्थानमा प्रवेशमा कडाईगर्न सरकार लागेको  सुनिएको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४ बाट सम्मानीत पत्रकार कृष्ण मल्लले पुरस्कारले पत्रकारिताका लाथि हौसला थपेको बताउँदै सकारतत्मक र नकारात्मक दुबै पक्षका समाचार लेख्ने गरेको बताउनु भयो । 
५१ हजार राशी सहितको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ बाट रुपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ल सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनौट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले यो पुरस्कार बुटवल टुडे र शिक्षक मासिकमा कार्यरत पत्रकार मल्ललाई प्रदान गरेको हो ।
यसैगरी ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशलाई प्रदान गरिने रु २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ बाट प्रदेश नम्बर १– निरोज कोइराला (रेडियो नेपाल÷हिमालय टाइम्स–भोजपुर) प्रदेश नम्बर २ – कृष्ण सिग्देल (राजधानी दैनिक÷अनलाइनखवर– बारा) प्रदेश नम्बर ३ – चमारसिंह लामा (सामुदायिक सूचना नेटवर्क– काभ्रेपलाञ्चोक) प्रदेश नम्बर ४ – पवन पौडेल (दमौली एफएम–तनहुँ) प्रदेश नम्बर ५ – पार्वती पाण्डे (बुद्धदर्पण दैनिक–कपिलवस्तु) कर्णाली प्रदेश– मेघराज खड्का (कारोबार दैनिक– रुकुम) प्रदेश नम्बर ७ – गोकर्ण दयाल (गोरखापत्र दैनिक– बैतडी) उपत्यका प्रदेश– चन्द्र बानियाँ (रेडियो नेपाल– काठमाडौं) बाट पुरस्कृत हुनुभएको छ । 
त्यस्तै ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशअन्तर्गत प्रत्येक प्रदेशबाट २ जना पत्रकारलाई प्रदान गरिने रु. १५ हजार राशीको ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ बाट प्रदेश नम्बर १— रमेशचन्द्र अधिकारी (कान्तिपुर दैनिक–धनकुटा) र नारायणभक्त राई (ब्लाष्ट टाइम्स दैनिक –मोरङ) प्रदेश नम्बर २– नगेन्द्रकुमार कर्ण(गोरखापत्र दैनिक–महोत्तरी) र दीपेन्द्रप्रसाद सिंह(जनकपुर टुडे–धनुषा) प्रदेश नम्बर ३ – मन्दिरा थापा(नेपाल टेलिभिजन–दोलखा) र मनोज थापा(अर्थ नेपाल डटकम–नुवाकोट) प्रदेश नम्बर ४– शान्ता कमली(नयाँपत्रिका–लमजुङ) र छविलाल तिवारी(नागरिक दैनिक–पर्वत) प्रदेश नम्बर ५–केशर रोका(अन्नपूर्ण दैनिक–प्यूठान) र तेजेन्द्र के. सी. (दैनिकपत्र दैनिक–रुपन्देही) कर्णाली प्रदेश – नरजन तामाङ    (नयाँपत्रिका–हुम्ला) र गणेश विक(नागरिक दैनिक–रुकुम) प्रदेश नम्बर ७– गगन अएडी(नयाँपत्रिका दैनिक–बाजुरा) र जगदीश रोकाय(अन्नपूर्ण पोष्ट दैनिक–बझाङ)  पुरस्कृत हुनुभयो । 
उपत्यका प्रदेश – संयुक्तरूपमा– नीता सापकोटा(नेपाल टेलिभिजन–काठमाडौं), केशव भुल(सीआइएन–काठमाडौं) र रामु सापकोटा(हिमाल बवर पत्रिका–ललिलपुर) पुरस्कृत गरियो । 
त्यसैगरि उपत्यकासहित ८ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ रु. २० हजार राशीको यो पुरस्कार प्रदेश नम्बर १ बाट सामुदायिक रेडियो सोलु एफएम (सोलुखुम्बु), प्रदेश नम्बर २– रेडियो निजगढ (बारा), प्रदेश नम्बर ३ – रेडियो तिनलाल (रामेछाप), प्रदेश नम्बर ४– मनासुलु एफएम (गोरखा), प्रदेश नम्बर ५– रेडियो क्रिपालु (प्यूठान), कर्णाली प्रदेश– चंखेली एफएम रेडियो (कालिकोटा),  प्रदेश नम्बर ७–  सेती सामुदायिक एफएम (बझाङ), उपत्यका प्रदेश – रेडियो राजधानी (काठमाडौं) लाई पुरस्कृत गरिएको छ । 
यसैगरी राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु. २५ हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ पत्रपत्रिकातर्फ नागरिक दैनिक (काठमाडौं) लाई प्रदान गरिएको छ भने टेलिभिजनतर्फ इमेज टेलिभिजन (काठमाडौं) लाई प्रदान गरिएको छ । साथै, अनलाइनतर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार एजुकेशन ज्यूज नेपाल डटकमलाई पुरस्कृत गरिएको छ ।
महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ ।