महिला पत्रकार फुटबल प्रतियोगिता सम्पन्न

महिला पत्रकार फुटबल प्रतियोगिता सम्पन्न



Jul 29, 2018

नेपाल पत्रकार महासंघ महिला समितिको आयोजनामा साउन १२ गते भएको महिला फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले हात पारेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा खेलाइएको उक्त फुटवल खेलको माननीय युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले रेफ्रिलाई बल हस्तान्तरणगरि उद्घाटन गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ महिला समिति संयोजक लक्ष्मी पुनले यो आयोजना महिला पत्रकारका लागि कोष स्थापन गर्नका लागि भएको बताउनु भयो । उहाँले धेरै कार्यक्रमा मार्फत महिला पत्रकारहरुसंग अन्तरघुलन हुनुका साथै बिचार आदान प्रदान भयो भएको बताउनु भयो । उहाँले सहयोग गर्ने संघसंस्था, सहभागी खेलाडि र कार्यक्रमा उपस्थित सबैलाई धन्यबाद दिनुभयो । ‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ महिला पत्रकार कोष स्थापना गर्ने उद्देश्यले रेडियो, छापा, टीभी र अनलाइनमा कार्यरत महिला पत्रकारहरुबीच खेलाइएको फुटवल खेलमा अनलाइन मिडियालाई २–१ गोलले पराजित गर्दै छापामाध्यमले उपाधि जितेको हो । खेल जारी रहेकै बेला रातपरेपछि खेल बीचमै रोकेर पेनाल्टीमार्फत विजेता घोषित गरिएको थियो । विजेता टोली प्रिन्टका लागि पून्यवती ढकाल र भाषा शर्माले गोल गरेका थिए भने अनलाइनका तर्फबाट मुना कार्कीले गोल गरेकी थिइन । विजेता टोली प्रिन्ट मिडियाले रेडियोलाई १–० गोलले र उपविजेता अनलाइनले टेलिभिजनलाई २–१ ले पराजित गर्दै फाइनलमा पुगेका थिए । तेस्रो स्थानको लागि निर्धारित २० मिनेटको खेलमा गोल गर्न नसकेपछि प्रतियोगितामा सहभागी रेडियो र टेलिभिजनलाई संयुक्तरुपमा तेस्रो स्थान घोषणा गरिएको थियो । विजेता तथा उपविजेता टोलीलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, लगायत महासंघका पदाधिकारी तथा सदस्यहरुले ट्रफी प्रदान गर्नुभएको थियो ।