विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने सम्बन्धमा


मिति ः २०७५।०१।१६
श्री अध्यक्ष


सबै जिल्ला शाखा÷प्रतिष्ठान शाखा÷वैदेशिक शाखा÷एसोसिएट संस्था
नेपाल पत्रकार महासंघ

विषय ः विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने सम्बन्धमा ।
यही बैशाख २० (मे ३) विश्व प्रेस स्वतन्त्रता दिवसलाई नेपाल पत्रकार महासंघले विभिन्न कार्यक्रमसहित देशभर मनाउने निर्णय गरेको छ । सोहीअनुसार महासंघ केन्द्रको आयोजनामा उक्त दिन विहान प्रभातफेरी र दिउँसो अन्तरक्रिया तथा सगरमाथा आरोहणमा सहभागी पत्रकार महिलालाई पुरस्कार प्रदानसहितका कार्यक्रमको आयोजना गरिने जानकारी गराउँदै महासंघका शाखाहरुले उक्त दिन अन्तरक्रिया एवं विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरी विश्व प्रेस स्वतन्त्रता दिवसलाई भव्यरूपमा मनाउन यसै परिपत्रद्वारा सूचित गरिन्छ । 
२०७५ वैशाख २० गते महासंघका उपत्यकास्थित तीन जिल्ला शाखा, प्रतिष्ठान शाखा र एसोसिएट संस्थालाई विश्व प्रेस स्वतन्त्रता दिवसका दिन महासंघ केन्द्रले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा आ–आफ्नो शाखाको व्यानरसहित सबै पदाधिकारी तथा सदस्यहरुको उपस्थितिको व्यवस्था गर्नुहुनु पनि सूचित गरिन्छ ।
प्रभातफेरी कार्यक्रम विहान ६ः४५ बजे काठमाडौंको बबरमहलस्थित सडक विभाग अगाडिबाट सुरु भई बानेश्वरस्थित संघीय संसद् भवनको पश्चिममा पुगी समापन गरिने सबैमा जानकारी गराइन्छ । 
महासंघ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा सक्रिय सहभागिताका लागि सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज, अधिकारकर्मी, कानुन व्यवसायीलगायत आमनागरिकहरुमा हार्दिक आहृवान गर्दछ ।

    रमेश विष्ट
    महासचिव

 Download