शिक्षा पत्रकारिता पुरस्कारसम्बन्धी जरुरी सूचना


मिति : २०७६।०३।०९

नेपाल पत्रकार महासंघले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्यमा विगतका वर्षझै यस वर्ष पनि शिक्षासम्बन्धी पुरस्कारका लागि आवेदन आह्वान गरेको छ । पुरस्कारमा सहभागी हुन चाहने पत्रकारले शिक्षा क्षेत्रमा पत्रकारितामार्फत पु¥याएको योगदानसहितको व्यक्तिगत विवरण र २०७५ वैशाख १ गतेदेखि २०७५ चैत्र मसान्तसम्म आफूले तयार पारेर प्रकाशित / प्रसारित भएका ५ वटा शिक्षासम्बन्धी समाचार सामग्री र खोजमूलक लेख–रचना २०७६ असार २० गतेसम्म महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राम, काठमाडौंमा वा महासंघको इमेल [email protected] मा आइपुग्नेगरी पठाउनु पर्नेछ । शिक्षा पत्रकारिता पुरस्कार महासंघ र शिक्षा तथा मानव स्रोत केन्द्रको संयुक्त निर्णयअनुसार तयार गरिएको मापदण्डका आधारमा तोकेको छनौट समितिबाट हुनेछ ।