पत्रकार दुर्घटना बीमा सम्बन्धि सूचना


मिति : २०७६।०८।११

श्री अध्यक्षजी
सबै प्रदेश समिति
सबै जिल्ला शाखा÷प्रतिष्ठान शाखा/एसोसिएट संस्था
नेपाल पत्रकार महासंघ



विषय : पत्रकार दुर्घटना बीमा सम्बन्धमा ।

सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग र नेपाल पत्रकार महासंघबाट श्रमजीवी तथा स्वतन्त्र पत्रकारहरूको लागि दुर्घटना बीमा गर्ने काम जारी रहेको जानकारी गराइन्छ । यस क्रममा त्यस जिल्ला शाखा, प्रतिष्ठान शाखा, र एसोसिएट संस्थाहरुमा कार्यरत पत्रकारहरूले पत्रकार दुर्घटना बीमा कार्यक्रममा सहभागिताका लागि आ–आप्mनो शाखा तथा संस्था मार्पmत निम्नबमोजिमको प्रक्रिया पु¥याई २०७६ मंसिर मसान्तभित्र पठाउनुहुन अनुरोध गरिन्छ । बीमामा सहभागी हुने पत्रकारहरूले बुझाउनुपर्ने बीमा प्रिमियमलगायत अन्य जानकारीसहितको सूचना तथा प्रसारण विभागको पत्र पनि यसैसाथ संलग्न गरिएको छ ।




राजेश मिश्र
कोषाध्यक्ष