नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार - दर्खास्त आह्वान


प्रकाशित मिति : २०७६/११/१८

अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीहरुको साझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा २०७६ साल चैत ७ गते भित्र दरखास्त दिन आह्वान गरिन्छ । यो पुरस्कार नेपालको ग्रामीण भेगमा रहेर त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास र सुशासनका क्षेत्रमा सुधार ल्याउन र जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी वा सञ्चार संस्थालाई प्रदान गरिने छ । पुरस्कारको राशी २,२२,२२२.२२ (दुई लाख बाईस हजार दुईसय बाईस रुपैयाँ, बाईस पैसा) रहेको छ । यस पुरस्कारका लागि आवेदन दिन इच्छुक पत्रकारले २०७५ साल जेठ १ गते देखि २०७६ फागुन ३० गतेसम्ममा प्रकाशन÷प्रशारण भएका कम्तिमा तीनवटा सामग्री महासंघको इमेल fnjnepalcentral@gmail.com मार्फत वा सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा उपलब्ध गराउनु पर्ने छ ।

आवेदन फारम डाउनलोड गर्नुहोस ।

 Download