पुरस्कार सम्बन्धी सूचना


प्रकाशित मितिः २०७४/११/२

नेपाल पत्रकार महासंघ महिला समितिले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ का सन्दर्भमा २०७४ साल भित्र प्रकाशित वा अप्रकाशित ‘सञ्चार क्षेत्रमा लैगिक समानता र अवसर’ सम्बन्धि उत्कृष्ट लेख–रचना लेख्ने वा कार्यक्रम उत्पादन गर्ने तीन जना पत्रकारलाई पुरस्कृत गर्दैछ । सामाग्री श्रमजीवी महिला पत्रकारलाइ समान पारिश्रमिक लगायतका विषयमा उल्लेख गरिनु पर्ने छ । तसर्थ २०७४ साल फागुन १६ गतेभित्र आफ्ना सामाग्री [email protected] मा उपलब्ध गराइदिनुहुन अनुरोध छ । पुरस्कार राशि  ३ जनालाई जनही रु दस हजार रहेको जानकारी गराउदछौ l

१. महिला तथा पुरुष पत्रकार दुवै सहभागी हुन सक्ने ।

२.व्यक्तिगत विवरण पठाउनु पर्ने।

३.रेडियो तथा टिभीको हकमा अडियो भिडियो उपलब्ध गराउनु पर्ने ।

४.लेख रचना १००० देखि १२०० शब्द सम्मको l

 

नेपाल पत्रकार महासंघ

महिला समिति