समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सर्वोच्चकाे अन्तरिम आदेशप्रति महासंघकाे स्वागत

मिति : २०७४।११।०६

समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सम्मानित सर्वोच्च अदालतले सरकारका नाममा दिएको अन्तरिम आदेशको नेपाल पत्रकार महासंघ हार्दिक स्वागत गर्दछ । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सरकारका नाममा आदेश माग गर्दै दिएको रिट निवेदनमाथि २०७४ फागुन ६ गते प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले अन्तरिम आदेश दिएको हो ।
साना लगानी तथा श्रमजीवी पत्रकारहरूले सञ्चालन गरेको स्वरोजगारमूलक सञ्चारमाध्यमको विकास र प्रवद्र्धनका लागि सरकारी विज्ञापनमा समानुपातिक पहुँच हुनुपर्दछ भन्ने मान्यता महासंघको छ ।
सर्वोच्च अदालतबाट भएको उक्त फैसला तत्काल कार्यान्वयन गर्न महासंघ सरकारसँग जोडदार माग गर्दछ । साथै, इजलासमा वहस गर्ने वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ताहरू भक्ति घिमिरे, नवराज थपलिया र मनोज शर्माप्रति महासंघ धन्यवाद ज्ञापन गर्दछ ।

    रमेश विष्ट
    महासचिव

 Download