समाचार प्रकाशन / प्रसारण गर्नुपूर्व लगाइने बन्देज ‘प्रिसेन्सरसीप’ महासंघलाई मान्य हुन सक्दैन

 

मिति : २०७४।११।१६

नेपाल पत्रकार महासंघ लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यममा प्रकाशित/ प्रसारित सामग्रीले अदालतको अवहेलना हुन सक्दैन भन्ने महासंघको प्रष्ट धारणा रहेको छ ।
सञ्चारमाध्यममा कुन सामग्री प्रकाशन तथा प्रसारण गर्ने वा नगर्ने विषय उसको संविधान प्रदत्त अधिकार हो । नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेबाट आम सञ्चारको हक र महत्व स्पष्ट हुन्छ ।
सम्मानित सर्वोच्च अदालतले मिति २०७४ फागुन १३ गते कान्तिपुर दैनिक विरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि दिएको आदेश नेपालको संविधानको मूल मर्म र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत भएकाले यसलाई सच्याउन महासंघ आग्रह गर्दछ । सञ्चारमाध्यमलाई कुनै पनि निकायबाट समाचार प्रकाशन÷प्रसारण गर्नुपूर्व लगाइने बन्देज ‘प्रिसेन्सरसीप’ महासंघलाई मान्य हुन सक्दैन । यस्तो बन्देजका विरुद्ध महासंघ सधै दृढताका साथ उभिने छ । साथै, महासंघ पत्रकारको पेशागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता र सञ्चारमाध्यमको आचारसंहिता पालनाप्रति सबै सञ्चारमाध्यमको सजगता र प्रतिवद्धताप्रति विश्वस्त रहेको छ ।


रमेश विष्ट
महासचिव

 Download