प्रदेश अधिवेशनका लागि निर्वाचन समिति गठन

 

मिति : २०७४।११।३०

नेपाल पत्रकार महासंघको २०७५ साल बैशाख २२ गते हुने प्रदेश अधिवेशन सम्पन्न गर्न महासंघले निर्वाचन समिति गठन गरेको छ । वरिष्ठ पत्रकार बबिता बस्नेतको संयोजकत्वमा गठित समितिमा महासंघका पूर्व उपाध्यक्ष अनिता विन्दु, पूर्व सचिव धर्मेन्द्र कर्ण, पूर्व केन्द्रीय सदस्य बालकृष्ण बस्नेत र अधिवक्ता कपिल पोखरेल रहनु भएको छ । समितिले सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नेछ ।

    रमेश विष्ट
    महाचिव

 Download