भरतपुर महानगरपालिकाले समाचार संकलनमा गरेकाे रोकप्रति महासंघको ध्यानाकर्षण

मिति : २०७४।१२।१४
समाचार संकलनका क्रममा भरतपुर महानगरपालिका पुगेका पत्रकारहरूलाई दुव्र्यवहार गरी समाचार संकलनमा रोक लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ चितनव शाखाअनुसार चैत १३ गते उद्योग वाणिज्य संघ चितवनको टोलीले करको विषयमा ज्ञापनपत्र वुझाउने कार्यक्रमको समाचार संकलन गर्न भरतपुर महानगरपालिकामा पुगेका महासंघ चितवन शाखाका सहसचिव एवं कान्तिपुर टेलिभिजनका संवाददाता प्रवीण कुमार दत्त, कान्तिपुर दैनिकका रमेशकुमार पौडेल, कान्तिपुर टिभिका नवराज मिश्र, नागरिक दैनिककी सविता श्रेष्ठ, अन्नपूर्ण पोष्ट दैनिकका तुलमान गुरुङ, कालिका एफएमकी गीता गुरुङ, सौराहा अनलाईनका शिव आचार्यमाथि नगरप्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहकै रोहवरमा प्रशासकिय अधिकृत प्रेमराज जोशी र वडा नं. १० का वडाअध्यक्ष अरुणपीडित भण्डारीले गालीगलौज सहित दुव्र्यवहार गरी कार्यक्रम स्थलवाट वाहिर निकालिएको थियो ।

नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेका पत्रकारलाई समाचार संकलनमा रोक लगाई दुव्र्यवहार गरिएको यो घटना प्रेस स्वतन्त्रतामाथिकोे हस्तक्षेप हो । पत्रकारको संविधानप्रदत्त अधिकारमाथि आघात पु¥याउने यो घटनाको महासंघ कडा शब्दमा भत्र्सना गर्दछ । र, दोषीमाथि कारबाही गर्न र पत्रकारको संविधानप्रदत्त अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।


रमेश विष्ट
महासचिव

 Download