संगठनको नाममा महासंघमा तालाबन्दी गरिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति:२०७५/१/७

नेपाली पत्रकारको साझा छाता संगठन नेपाल पत्रकार महासंघको आसन्न प्रदेश अधिवेशनको सिलसिलामा महासंघको केन्द्रीय कार्यालय सहित विभिन्न शाखामा केही संगठनको नाममा तालाबन्दी गरिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघको केन्द्रीय समितिको निर्णय अनुसार आन्दोलनरत पक्षले उठाएका मतदाता नामावली लगायतका विभिन्न माग सम्बोधन भैसकेको अवस्थामा महासंघमा नै तालाबन्दी हुनु दुखद् कुरा हो । महासंघको संगठनात्मक जीवनमा निर्वाचन जस्तो लोकतान्त्रिक अभ्यासमा सहभागी हुन आम पत्रकार साथीहरुलाई आग्रह गर्दछु । 
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अग्रणी भूमिका निर्वाह गर्दै आएको महासंघका कार्यालयहरुमा ताला लागाइनु भनेको प्रेस स्वतन्त्रताकै बर्खिलाप भएकाले यस्ता कार्यमा संलग्न नहुन महासंका सदस्य साथीहरुमा आग्रह गर्दछु ।
साथै कुनै पनि समस्याको समाधान वार्ता र सम्वादबाट हुने लोकतान्त्रिक विधिलाई अबलम्वन गर्नुको साटो एक्कासी तालाबन्दी गरेर प्रस्तुत हुनु ज्यादै दुःखद विषय भएकाले तत्काल ताला खोलेर वार्ता र सम्वादको बाटोबाट समस्याको समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गर्दछु ।


रमेश विष्ट
महासचिव 

 Download