लैङ्गिक समानता पत्रकारिता पुरस्कार सगरमाथा आरोहणकाे अभियानमा निस्किएका पत्रकार महिलालाई

मिति : २०७५।०१।११ 

नेपाल पत्रकार महासंघले संयुक्त राज्य अमेरिकामा क्रियाशील संस्था मदरल्याण्डसँगको सहकार्यमा प्रदान गर्दै आएको ‘‘लैङ्गिक समानता पत्रकारिता पुरस्कार– २०७४’ यस वर्ष लैङ्गिक समानताको नारासहित सगरमाथा आरोहण गर्ने अभियानमा निस्किएका ६ जना पत्रकार महिलालाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कार छनौटका लागि गठन भएको छनौट समितिको २०७५ वैशाख ११ गते बसेको बैठकले सगरमाथा आरोहणको अभियानमा निस्केका पत्रकार महिलाहरू रोश्ना बस्नेत, प्रियालक्ष्मी कार्की, कल्पना महर्जन, रोजिता वुद्धाचार्य, डोमा शेर्पा र देउराली चाम्लिङ्गलाई संयुक्तरूपमा प्रदान गर्ने निर्णय गरेको हो । सगरमाथा आरोहणमा संलग्न ६ जना पत्रकार महिलालाई संयुक्तरूपमा रु एक लाख वीस हजार नगद र सम्मानपत्रसहित यो पुरस्कार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आगामी मे ३ (वैशाख २०) गते एक कार्यक्रमको आयोजना गरी प्रदान गरिनेछ ।

 

रमेश विष्ट

महासचिव

 Download