अन्तर्वार्ता दिइरहेका व्यक्तिलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप

कैलालीको लम्कीस्थित सामुदायिक रेडियो पश्चिम १०४.७ मेगाहर्जको स्टुडियोमा कार्यक्रम सञ्चालन भैरहेको अवस्थामा प्रहरी प्रवेश गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । वैशाख ३० गते दिउँसो साढे तीन बजेतिर इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरीक्षक कटकबहादुर रावतको नेतृत्वमा हातहतियारसहित गएको प्रहरीको टोली रेडियोको भवनभित्र प्रवेश गरी स्टुडियोमा अन्तर्वार्ता दिइरहेका व्यक्तिलाई पक्राउ गर्नुका साथै पत्रकारहरूमाथि धम्की दिने कार्य गरेका थिए । कुनै पनि बहानामा सञ्चारमाध्यममा हातहतियारसहित प्रहरी प्रवेश गरिनु तथा प्रकाशन–प्रसारण भएका सामग्रीमाथि पूर्वप्रतिवन्ध लगाइनु नेपालको संविधानविपरीतको कार्य हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेसलाई हतोत्साहित र त्रसित बनाउने यो घटनाको कडा शब्दमा भत्र्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न र प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।


रमेश विष्ट 
महासचिव 
 

 Download