सर्वाेच्च शिखर सगरमाथा सफल आरोहण गर्नु भएकोमा हार्दिक बधाई

महिला पत्रकारहरु रोसा बस्नेत, कल्पना महर्जन, रोजिता बज्राचार्य, देउराली चाम्लिङ, डोमा शेर्पा र पूर्णिमा श्रेष्ठले विश्वको सर्वाेच्च शिखर सगरमाथा सफल आरोहण गर्नु भएकोमा नेपाल पत्रकार महासंघ हार्दिक बधाई ज्ञापन गर्दछ । साथै उहाँहरुको सगरमाथा आरोहणमा सहयोग पु¥याउने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछ । 
सगरमाथा आरोहणमा जानु अघि नेपाल पत्रकार महासंघले उहाँहरुलाई सगरमाथा आरोहणको शुभकामना व्यक्त गर्नुका साथै पत्रकार महासंघको झण्डा हस्तान्तरण गरेको थियो । सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने साहसीक कार्यमा लागेकोमा यस अघि नै पत्रकार महासंघले उहाँहरुलाई यस वर्षको लैंगिङक समानता पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्ने घोषणा गरिसकेको छ ।


प्रकाश थापा 
कार्यबाहक महासचिव