०७५।११।१७
समाचारको विषयलाई लिएर नयाँ पेजडटकमा सहसम्पादक तथा फोटो पत्रकार प्रबिन कुलुङ राईलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपक बोहोराको स्वीकय सचिव बताउँने निराजन बमले भौतिक आक्रमण र अपहरण गर्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
नयाँ पेजडटकममा फागुन १५ गते पार्टी परिवर्तनको विषयमा लेखिएको समाचारलाई लिएर बमले आज टेलिफोन गरेर पत्रकार राईलाई तत्काल समाचार नहटाए भौतिक आक्रमण तथा अपहरण गर्ने धम्की दिएका थिए ।
समाचारप्रति चित्त नबुझे या गुनासो रहे त्यसउपर अपनाउनुपर्ने कानुनी उपचारका मार्गलाई छाडेर पत्रकारलाई आक्रमण र अपरहण गर्ने धम्की दिइनु प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ प्रेस विरोधी यस्ता कार्यको कडा शब्दमा भत्र्सना गर्दै धम्की दिने बममाथि कानुनी कारबाही गर्न र पत्रकारलाई निर्वाध र निर्भिकरूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।
रमेश विष्ट
महासचिव