पत्रकार शालिकराम पुडासैनी को निधन र त्यसपछि विकसित घटनाक्रमप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७६/४/३०

पत्रकार शालिकराम पुडासैनी को निधन र त्यसपछि विकसित घटनाक्रमप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 
लामो समय न्यूज २४ टेलिभिजनको जनतासँग सिधा कुरा कार्यक्रममा आवद्ध पत्रकार पुडासैनी दुई महिना यता माउण्टेन टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो । पत्रकारिता क्षेत्रमा एउटा श्रमजीवि पत्रकारका रुपमा योगदान पु¥याउदै आउनुभएका पुडासैनी साउन २० गते चितवनको होटल कंगारुमा मृत अवस्थामा भेटिनुभएको थियो । घटनापछि महासंघको केन्द्रीय समिति र चितवन जिल्ला समितिले गम्भीर चासो व्यक्त गर्दै आवश्यक सहयोग र समन्वय गरेको थियो । 
पत्रकार पुडासैनीले आफ्नो मृत्युको कारक भन्दै न्यूज २४ टेलिभिजनबाट प्रसारित जनतासंग सिधा कुरा कार्यक्रमका प्रस्तोता रवि लामिछाने, युवराज कँडेल  र अस्मिता कार्कीको नाम उल्लेख गरेको भिडियो विभिन्न संचार माध्यमबाट सार्वजनिक भएसंगै महासंघले उक्त प्रकरणमा निपष्क्ष ढंगले छानविन गर्न सम्बन्धित निकायमा आग्रह गरेको छ । 
महासंघ यस घटनाको सत्य तथ्य अनुसन्धान गरि दोषीमाथि कडा कानूनी कारबाही गर्न सरकारसंग माग गर्दछ । साथै, मृतक पत्रकारका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन पनि सम्बन्धित पक्षसंग महासंघ जोडदार माग गर्दछ । महासंघ दिवंगत पत्रकार पुडासैनीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै मृत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । 
    
रमेश विष्ट 
महासचिव 
 

 Download