पत्रकार डायलसन अधिकारीको असामयिक निधन भएको दुःखद् खवरले महासंघ स्तब्ध

मिति : २०७६।०५।०१


नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य डायलसन अधिकारीको सवारी दुर्घटनामा परी असामयिक निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । 

कामको सिलसिलमा रुपन्देहीबाट विराटनगरतर्फ जाँदै गर्दा ४२ वर्षीय अधिकारी चढेको बा १६ च २२३५ नम्बरको जीप सप्तरीको कच्नरुप गाउपािलकामा हिजो शनिबार दुर्घटना हुँदा यो दुःखद् घटना भएको थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थायी बान्सिदा पत्रकार अधिकारीका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

लामो समयदेखि रुपन्देहीमा पत्रकारिता गर्दै आउनु भएका पत्रकार अधिकारीले रेडियो नमस्तेको स्थापना कालदेखि नै स्टेशन प्रमुखको रुपमा काम गर्नु भएको थियो । पछिल्लो समय आफ्नै सक्रियतामा ई–लगन न्यूज डटकम सञ्चालन गर्र्दै आउनु भएका पत्रकार अधिकारी रेडियो नेपालको स्थानीय सम्वाददाता हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय अधिकारीप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, यस दुःखद् घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।


रमेश विष्ट
महासचिव

 Download