सम्पादक ओम हमाललाई पक्राउ गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०७६।०५।०६
 

नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ कास्की शाखाका अनुसार आज विहान पोखराको शिशुबाट प्रहरीले पत्रकार हमाललाई पक्राउ गरेको हो  ।

बिनाकारण पत्रकार हमाललाई गिरफ्तार गरिएकोमा महासंघ विरोध र भत्र्सना गर्दै तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रमेश विष्ट
महासचिव

 Download