अग्रज पत्रकार याम प्रधानको निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध

मितिः २०७६।०९।१७

नेपाल पत्रकार महासंघ सुनसरी शाखाका पूर्वसभापति अग्रज पत्रकार याम प्रधानको ५३ वर्षको उमेरमा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित प्रधानको इटहरी–९ भोजपुरे टोलस्थित निवासमा पुस १७ गते विहान ३ः३० बजे निधन भएको हो । स्वर्गीय प्रधानका श्रीमती र छोरी हुनुहुन्छ ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय प्रधानलाई नेपाल पत्रकार महासंघले २०७३ सालमा प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो । पूर्वको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका प्रधानको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जना अनुभवी र निर्भीक पत्रकारलाई गुमाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारणाको कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।


रमेश विष्ट
महासचिव

 Download