नेपाल पत्रकार महासंघ प्यूठान शाखाकी उपाध्यक्ष बसन्ता भट्टको निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध

मिति : २०७७।०१।११


नेपाल पत्रकार महासंघ प्यूठान शाखाकी उपाध्यक्ष बसन्ता भट्टको ४४ वर्षको अल्पायुमै निधन भएकोदुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । लामो समयदेखि उपचार गराइरहनु भएकीभट्टको आज विहान ९:४५ बजे प्यूठानको खलंगास्थित निवासमा निधन भएको हो ।

प्यूठानमारहेर पत्रकारितामा सक्रिय भट्ट विशेषगरी प्यूठानका महिला सञ्चारकर्मीहरुको अभिभावककोरुपमा परिचित हुनुहुन्थ्यो । महासंघ प्यूठान शाखाको कोषाध्यक्ष हुँदै हाल उपाध्यक्षपदमा रहेर क्रियाशील भट्ट विकास सामुदायिक रेडियो महिला आवाज प्यूठानकी अध्यक्षसमेतहुनुहुन्थ्यो ।

उहाँको निधनले नेपाली पत्रकारिता जगतले एक जुझारु र अनुभवी महिला पत्रकारगुमाएको छ । नेपालपत्रकार महासंघ स्वर्गीय भट्टप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माकोचिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ शोकमा रहनुभएका उहाँका श्रीमान्प्यूठान शाखाका संस्थापक उपाध्यक्ष एवं अग्रज पत्रकार मेघराज भट्टसहित शोकसन्तप्त परिवारजनमाधैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

रमेश विष्ट
महासचिव

 Download