पत्रकार प्रेम नेपालीलाई प्रहरी निरीक्षकद्वय नरहरि अधिकारी र दिपक केसीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०७७।०१।२३

समाचार संकलनका क्रममा पोखरामा पत्रकार प्रेम नेपालीलाई प्रहरी निरीक्षकद्वय नरहरि अधिकारी र दिपक केसीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

आज दिउँसो १२:३० बजे जिल्ला प्रहरी कार्यालय कास्कीको गेट बाहिर बाटुलेचौरमा भएको जातीय विभेदको घटनालाई लिएर निवेदन दर्ता भएको ५ दिनसम्म पनि पीडकलाई पक्राउ नगरेपछि भेला भएका पीडित पक्ष, कानुनी व्यवसायी र जनप्रतिनिधिहरुका सम्बन्धमा समाचार संकलन गर्ने क्रममा प्रहरी निरीक्षकद्वयले पत्रकार नेपालीलाई भिडियो खिच्न रोक लगाउँदै दुर्व्यवहार गर्नुका साथै क्यामेरा खोस्ने प्रयाससमेत गरेका थिए ।

स्वतन्त्ररुपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीबाट भएको यस्तो कार्य प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ प्रहरीबाट भएको यो ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ । र, घटनामा संलग्नमाथि कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर ।         

                              

रमेश विष्ट

महासचिव

 Download